प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फाल्गुण २०८०
काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा २०८० सालको महाशिवरात्री लक्षित सुरक्षा योजना
२०८०-११-२४

काठमाण्डौ, २४ फाल्गुण         मिति २०८०/११/२५ गते महाशिवरात्रीमा पशुपतिनाथको मन्दिर परिसरमा मेला लाग्ने र उक्त मेलामा स्वदेशी तथा बिदेशी भक्तजनहरुको अत्यधिक भीड हुने भएकोले सो क्षेत्रमा शान्ति सुरक्षा तथा सवारी व्यवस्थापन गर्नका लागि मिति २०८०/११/२४ गतेदेखि मिति २०८०/११/२६ गते मेला सम्पन्न नभएसम्मको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौबाट अनुरोध भई आएको ।साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन र जिल्ला प्रहरी परिसर काठमाण्डौ समेत भई संयुक्त रुपमा तयार पारिएको एकीकृत सुरक्षा योजना अनुरुप प्रभावकारी तवरले प्रविधि र प्रहरीको परिचालन गरी पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा प्रदान गरिनुका साथै सवारी व्यवस्थापन गरिने छ ।·       कमाण्ड पोष्टः–  मिति २०८०/११/२४ गते १०:०० बजेदेखि मेला समाप्त नभएसम्मः-जिल्ला प्रहरी परिसर काठमाडौंका प्र.उ नवराज अधिकारी (K2) को कमाण्डमा मिति २०८०।११।२४ गते १०.०० बजेदेखि मेला सम्पन्न नभएसम्म  रहने ।·       मेलामा कर्डन, पिकेट, मोवाइल गश्ती, पैदल गश्ती, स्टाइकिङ, ड्रोन, सिसिटिभि क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत निगरानी गरिने,·       नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स रहने,·       आपत विपद आई परेमा तालीम प्राप्‍त उद्दारकर्मीलाई रिजर्भमा राखिएको,·       सुरक्षाका अन्य अंगसँग समन्वय गरिने ।क)   मेलाको समयमा शान्ति, सुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:    महाशिवरात्रीमा  सिफ्ट अनुसार परिचालिन जनशक्ति विवरण सिफ्ट पुरुष महिला जम्मा पहिलो ७१९ ३०५ १०२४ दोश्रो ७१९ ३०५ १०२४ अन्तिम ७१९ ३०५ १०२४ जम्मा २१५७ ९१५ ३०७२  मेला सुरु भएदेखि  समाप्‍त नभएसम्म कमाण्ड पोष्‍ट, सादा पोसाक, सञ्‍चार, ड्रोन अपरेटर, फोटोग्राफर, रिजर्भ  सहित परिचालित ४३९  माग बमोजिम ने.प्र.प्र.का, काउ.प्र.का र जि. प्र. परिसर काठमाण्डौ लगायतबाट कुल परिचालित जनशक्ति ३५११ ट्राफिक व्यवस्थापन तर्फ कुल परिचालित ५८३ कुल जम्मा ४०९४                 ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:           १.  मेलाको समयमा सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा यात्रुहरुको आवागमन सुरक्षित गराउने उद्देश्यले ट्राफिक प्रहरी परिचालित हुनेछ  ।         २. उक्त कार्यका लागि ५८३ जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।साथै महाशिवरात्री मेलामा सरिक हुँदा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ: निम्न:१.      आफ्नो स्वास्थ्यको ख्याल गरौँ ।२.     अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।३.     नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।४.     मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी मेलामा नजाऔँ ।५.     ट्राफिक नियमको सदैव पालना गरौँ ।६.      महिला बालबालिका तथा जेष्‍ठ नागरिकलाई दर्शनका लागि सहजीकरण गरौँ ।७.     हर्षोल्लाससहित महाशिवरात्री मनाऔँ, आपराधिक कार्य नगरौँ । “यहाँहरु ढुक्कले महाशिवरात्री पर्व मनाउनुहोस, प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!प्रहरी सम्पर्कको लागि:-·         प्रहरी कन्ट्रोल कक्ष - १००, ०१-४२२८४३५, ९८५१२८३०२६,·         ट्राफिक कन्ट्रोल १०३,·         महिला तथा बालबालिका खोज तलास केन्द्र भृकुटीमण्डप १०४,·         जिल्ला प्रहरी परिसर काठमाण्डौ ९८५१२८३०१२, ललितपुर:९८५१२९४५५५ रभक्तपुर: ९८५१२९३१५०·       FB Page: https://www.facebook.com/ktmvalley.nepalpolice.gov.npNepal Police App  प्रहरी वरिष्‍ठ उपरीक्षक (दिनेश राज मैनाली)प्रवक्ताकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी । सम्पर्क: ९८५१२६०४६०

E - QRT (Equipping the Police QRT) को शुभारम्भ तथा QRT परेडको सुरुवात कार्यक्रम सम्पन्न ।
२०८०-११-२३

काठमाण्डौ, २३ फागुनमिति २०८०/११/२३ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख अतित्थ्यतामा e - QRT (Equipping The Police QRT) को शुभारम्भ तथा QRT(Quick Response Team) परेड कार्यक्रम सम्पन्न  भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले e - QRT को शुभारम्भ साथै QRT परेड सुरुवात लगायत QRT कमान्डरलाई QRT ACCESSORIES  समेत हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रस्तुतीकरण प्रस्तुत गर्दै जिल्ला प्रहरी परीसर काठमाण्डौका प्रमुख प्रहरी  वरिष्ठ उपरीक्षक भूपेन्द्र वहादुर खत्रीले प्रहरी कर्मचारी तथा प्रहरी कार्य हमेसा जवाफदेही हुनुपर्ने हुँदा प्रविधीको सहयोगले समाजमा घटित अपराधलाई न्यूनिकरण गर्न तथा प्रमाणमुखी अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने बताउनुभयो । सो कार्यक्रमका विशेष अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी  जितेन्द्र कुमार बस्नेतले प्रहरी जनशक्तीलाई दक्ष र आधुनिक प्रविधियुक्त साधन श्रोत सम्पन्न बनाए सही सूचना तथा सही प्रमाण सङ्कलन हुने तथा अपराध अभियोजनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रविधिले सदैव सत्यलाई मात्र  उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन अपरीहार्य भएको अवस्थामा यो कार्य सृजनशील भएको र यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने तथा आधुनिक समयमा प्रविधिको प्रयोग गरी घटनाहरू घटाइने हुँदा  प्रविधियुक्त e - QRT ले डिजिटल प्रमाण प्रदान गर्ने हुँदा विभिन्न कसूरको अनुसन्धानमा सहज पुर्‍याउने साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन e – QRT टोली कोसेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गर्नुभयो । साथै  QRT ACCESSORIES को प्रयोगले  Real Time Location पहिचान गरी आकस्मिक उद्वार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी परीचालन गर्नुका साथै Police Control Room संगको समन्वयमा सहज बनाउने तथा नागरीक र प्रहरी कर्मचारीको बोली व्यवहारमा समेत निगरानी हुने बताउदै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर तथा भक्तपुरलाई समेत यस्तो सृजनशील कार्य तुरुन्त लागु गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा काठमाण्डौ जिल्ला सरकारी कार्यालयका प्रमुख,सहन्याधिवत्ता सन्देश श्रेष्ठ, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल,जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

सुन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ
२०८०-११-१३

काठमाण्डौ, १३ फागुन             त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा शनिबार दिउँसो पक्राउ परेकी छिन् ।  नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचर पठाइएको छ ।  

सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ
२०८०-११-०८

काठमाण्डौ, ८ फागुन             त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् ।  फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको    हो ।             उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइनेछ । 

प्रहरी उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८०-११-०४

काठमाण्डौ,०४ फागुनमिति २०८०।११।०४ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०।११।०१ गतेको निर्णयले सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विदाई भएर जान लाग्नु भएका प्रहरी उपरीक्षकहरूले यस कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँहरूलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।सङ्गठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुबाट अझैँ व्यवसायिक तथा जनमुखी सेवा प्रवाह गरिने अपेक्षा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले आगामी दिनमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न तयार रहन र सङ्गठको श्रीबृद्दिका खातिर निरन्तर लागिरहन निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-११-०४

काठमाण्डौ, ०४ फागुन नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको च.नं. ४६२९ मिति २०८०।११।०३  को पत्रले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका ४ जना प्रहरी हवल्दारहरुलाई  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षकको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८०-११-०२

काठमाण्डौ,०१ फागुनमिति २०८०।११।०१ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल सरकार, गृह मन्त्रालय (माननीय उप-प्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०।१०।२६ गतेको निर्णयानुसार मानव वेचबिखन अनुसन्धान व्यूरो काठमाण्डौमा सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षकहरु ओम बहादुर राना ज्यूको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी बरिष्ठ उपरीक्षकहरु ओम बहादुर रानाले  यस कार्यालयमा कार्यरत रहँदा कार्यकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरिक्षक गुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।